Tuesday, May 24, 2011

िहंसा हैन

शव्दः दिल वरा

िहंसा हैन घृण हैन प्रेम र शान्ति छरौ
विभेद अन्त्य गर्नलाई आवाज बुलन्द गरौ
डाँफे जस्तै सुन्दर हुन्छ नौ रङ्गको अर्थ
एकै रङ्ग मेटाइदिए वन्छ सवै वयार्थ

सात रङ्गको मिलन हो ईन्द्रयाणीको संसार
सबै रङलाई सजाएर कोलाज रचना गर
एकै थुङ्गा मात्र हैन सबै फूल छरौ
विभेद अन्त्य गनृलाई आवाज वुलन्द गरौ

कुन पानीको गन्ध छ र न छ कुनै रङ्ग
सबै खोल्सी काँसी पुग्दा बन्छ आफै गँगा
आधा मन रोए गुम्छ मनका सबै कान्ति
वाह्रै स्वर मिलाएर गीतको सरगम भरौ
विभेद अन्त्य गर्नलाई आवाज बुलन्द गरौ

िहंसा हैन घृण हैन प्रेम र शान्ति छरौ
विभेद अन्त्य गर्नलाई आवाज बुलन्द गरौ

अऊ साथी सवै मिलेर

रचना ः जीवन राई
संगित ः नवीन राई
स्वर ः भिमसेना राई

आऊ साथी सबै मिलेर भेदभावको पर्खाल ढालौ
यो समाजलाई प्रगतिको पथमा सधै डोर् याउ

दिन दिनै नारी िहंसा किन वढि रन्छ
सबै धन्दा भ्याउँदानी किन सास्ति पाउछ
आधा आकाश धर्ती हो सृष्टी कर्ता नारी
लुट्नु चुस्नु हुन्न सवै वरावरी
आउ साथी हो…हो…हो…

अपाङ्गनै भए पनि अटल आट छ उस्को
देशको निम्ति ज्यानैदिने साहास छ उस्को
घृण होइन उसलाई चाहिन्छ अधिकार
अवसर पाए उस्ले पनि चुम्छ शिखर
आउ साथि हो……।हो……हो…।

लाउने लुगा उसैले सिउछ सवलाई राम्रो
उसैलाई वन्द किन पस्ने ढोका हाम्रो
मान्छे बीचमा अछुत खै कहाँ लेख्या हुन्छ
समाज सबै समान हो रगत रातै हुन्छ
आऊ साथी सबै मिलेर भेदभावको पर्खाल ढालौ
यो समाजलाई प्रगतिको पथमा सधै डोर् याउ
आउ साथि हो……हो……हो…