Tuesday, May 24, 2011

अऊ साथी सवै मिलेर

रचना ः जीवन राई
संगित ः नवीन राई
स्वर ः भिमसेना राई

आऊ साथी सबै मिलेर भेदभावको पर्खाल ढालौ
यो समाजलाई प्रगतिको पथमा सधै डोर् याउ

दिन दिनै नारी िहंसा किन वढि रन्छ
सबै धन्दा भ्याउँदानी किन सास्ति पाउछ
आधा आकाश धर्ती हो सृष्टी कर्ता नारी
लुट्नु चुस्नु हुन्न सवै वरावरी
आउ साथी हो…हो…हो…

अपाङ्गनै भए पनि अटल आट छ उस्को
देशको निम्ति ज्यानैदिने साहास छ उस्को
घृण होइन उसलाई चाहिन्छ अधिकार
अवसर पाए उस्ले पनि चुम्छ शिखर
आउ साथि हो……।हो……हो…।

लाउने लुगा उसैले सिउछ सवलाई राम्रो
उसैलाई वन्द किन पस्ने ढोका हाम्रो
मान्छे बीचमा अछुत खै कहाँ लेख्या हुन्छ
समाज सबै समान हो रगत रातै हुन्छ
आऊ साथी सबै मिलेर भेदभावको पर्खाल ढालौ
यो समाजलाई प्रगतिको पथमा सधै डोर् याउ
आउ साथि हो……हो……हो…

1 comment: