Tuesday, May 24, 2011

िहंसा हैन

शव्दः दिल वरा

िहंसा हैन घृण हैन प्रेम र शान्ति छरौ
विभेद अन्त्य गर्नलाई आवाज बुलन्द गरौ
डाँफे जस्तै सुन्दर हुन्छ नौ रङ्गको अर्थ
एकै रङ्ग मेटाइदिए वन्छ सवै वयार्थ

सात रङ्गको मिलन हो ईन्द्रयाणीको संसार
सबै रङलाई सजाएर कोलाज रचना गर
एकै थुङ्गा मात्र हैन सबै फूल छरौ
विभेद अन्त्य गनृलाई आवाज वुलन्द गरौ

कुन पानीको गन्ध छ र न छ कुनै रङ्ग
सबै खोल्सी काँसी पुग्दा बन्छ आफै गँगा
आधा मन रोए गुम्छ मनका सबै कान्ति
वाह्रै स्वर मिलाएर गीतको सरगम भरौ
विभेद अन्त्य गर्नलाई आवाज बुलन्द गरौ

िहंसा हैन घृण हैन प्रेम र शान्ति छरौ
विभेद अन्त्य गर्नलाई आवाज बुलन्द गरौ

अऊ साथी सवै मिलेर

रचना ः जीवन राई
संगित ः नवीन राई
स्वर ः भिमसेना राई

आऊ साथी सबै मिलेर भेदभावको पर्खाल ढालौ
यो समाजलाई प्रगतिको पथमा सधै डोर् याउ

दिन दिनै नारी िहंसा किन वढि रन्छ
सबै धन्दा भ्याउँदानी किन सास्ति पाउछ
आधा आकाश धर्ती हो सृष्टी कर्ता नारी
लुट्नु चुस्नु हुन्न सवै वरावरी
आउ साथी हो…हो…हो…

अपाङ्गनै भए पनि अटल आट छ उस्को
देशको निम्ति ज्यानैदिने साहास छ उस्को
घृण होइन उसलाई चाहिन्छ अधिकार
अवसर पाए उस्ले पनि चुम्छ शिखर
आउ साथि हो……।हो……हो…।

लाउने लुगा उसैले सिउछ सवलाई राम्रो
उसैलाई वन्द किन पस्ने ढोका हाम्रो
मान्छे बीचमा अछुत खै कहाँ लेख्या हुन्छ
समाज सबै समान हो रगत रातै हुन्छ
आऊ साथी सबै मिलेर भेदभावको पर्खाल ढालौ
यो समाजलाई प्रगतिको पथमा सधै डोर् याउ
आउ साथि हो……हो……हो…

Friday, February 25, 2011

हामी धनि छौ धेरै


रचना जीवन राई व्ाला
संगीतः भिमसेना राई
स्वर ः पार्वति राई राई नवीन भिषण मुकारुङ र आभा मुकारुङ



हामी धनि छौ धेरै, छन भाषा सँस्कृित
आदिवासि हौ हामी हामी हौ किराती
भुमी पुत्र हौ हामी हामी हौ मुल वािस
भुमी पुत्र हौ हामी हामी हौ nepali


सुम्निमा र पारुहाङ हाम्रो जम्म दाता
त्ायाचुङ्ग र जायाजुमको गाउछौ गौरव गाथा
हामी सरल छौ हामी सरस छौ छैनन् विकृित
आदिवासि हौ हामी हामी हौ किराती
भुमी पुत्र हौ हामी हामी हौ मुल वािस
भुमी पुत्र हौ हामी हामी हौ nepali

चोमोलेङमा टेक्ने यलम्वरिय चोला
तयामा र खियामा नाच्छन साकेला
हामी अमर छौ हामी अटल छौ विसाल सँस्कृित
आदिवासि हौ हामी हामी हौ किराती
भुमी पुत्र हौ हामी हामी हौ मुल वािस
भुमी पुत्र हौ हामी हामी हौ nepali

Monday, September 21, 2009

मरेर बाँच्ने कुरा

शब्द : नाकिमा
संगीत/स्वर : भीमसेना राई

सुन है सुस्तामा छिमेकी नाच्ने कुरा
बुझ है माटोलाई मरेर बाँच्ने कुरा

सिक्किम, टिस्टा हाम्रै हो तर 'थियो' भयो
कालापानी उसैलाई दियो, लियो गयो
सोच है नेपाली सिमाना जाँच्ने कुरा
बुझ है माटोलाई मरेर बाँच्ने कुरा

तिनीसँग बन्दुक छन् हामीसँग मुठी
सहिदका रगतहरु थोपा-थोपा जुटी
आँट है मुठीले बन्दुक भाँच्ने कुरा
बुझ है माटोलाई मरेर बाँच्ने कुरा

Thursday, August 13, 2009

पुग्नु टाढा छ

शब्द : नाकिमा
संगीत : सन्तोष दुमी
स्वर : भीमसेना राई, सन्तोष दुमी


घामले आँखा खोलिसक्यो
पाखा-पर्वत चुमिसक्यो
उठ ए मान्छेहरु
पुग्नु टाढा छ ।

पीठो-गुन्द्रुक उमालेर
टार्नु कति छाकहरु
पटुकीले पेट कसेर
काट्नु कति रातहरु
जून घुम्न आऊ भन्छ
सपनीमा जूनवासी
घामले आँखा खोलिसक्यो
घरको संघार टेकिसक्यो
उठ ए युवाहरुपुग्नु टाढा छ ।

कुचीतिर अघि बढाऊ
कुचो लाउने हातहरु
कलमले कहानी फेर
जाँगरीला जमातहरु
अनि पो त पुग्छौं हामी
चन्द्रमाको हाट हेर्न
घामले पाइला चालिसक्यो
नयाँ यात्रा थालिसक्यो
उठ ए यात्रीहरु
पुग्नु टाढा छ ।

झुल्कदैछ सुन्दर बिहानी

शब्द : नाकिमा
संगीत : भीमसेना राई
स्वर : भीमसेना राई, हेम राई, शर्मिला श्रृजु, तारा राई


हजार साँझ अस्ताएर झुल्कदैछ सुन्दर बिहानी
किन बस्छौ रोई रोई जन्मदैछ हाम्रै सपनी

छ रे एउटा बुढो रुख तिम्रो बारीछेऊ
दियो त्यसले धेरै सेप अब ढालीदेऊ
कालो रात झरेपछि पलाउँदैछ रातो किरणी
किन बस्छौ रोई रोई जन्मदैछ हाम्रै सपनी

हान्या होला जरा धेरै खनी-खनी खोज
कोदालो या के चाहिन्छ तिमी आफै रोज
एउटा कथा सकिएर सुरु भयो अर्को कहानी
किन बस्छौ रोई रोई जन्मदैछ हाम्रै सपनी